शैक्षिक गुणस्तर सुधारका लागी मेलौलीमा अन्तरक्रिया कार्यक्रम

Share this Story

सपोर्ट सोसाइटी नेपाल – बैतडीको मेलौलीमा शैक्षिक गुणस्तर सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सपोर्ट सोसाईटी नेपालको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया  कार्यक्रम आज सम्पन्न भएको हो ।
सपोर्ट सोसाईटी नेपालका अध्यक्ष राम सिंह नेगीको अध्यक्षता तथा मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्ण सिह नायकको प्रमुख आतिथ्य रहेको थियो । भने , नगरपालिका शिक्षा शाखा प्रमुख मुनु क्षेत्री विशिष्ट अतिथि रहनुभएको थियो ।
शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्‍याउने उदेश्यले मेलौली नगरपालिकाका विभिन्न बिद्यालयहरुमा बुककर्नर वितरण गर्ने कार्यक्रम संचालन गरेको सपोर्ट सोसाइटी नेपालकी कोषाध्यक्ष रुबी नायक बताईन ।
केदारेश्वोर माध्यमिक बिद्यालय  दुर्गास्थान , सुदर्शन माध्यमिक बिद्यालय लिखोडा , प्रीतिपुर माध्यमिक बिद्यालय लाई बुक कर्नर वितरण गरेका हुन। सस्थाले गत आथिक बर्ष मा मेलौली नगरपालिका वडा नम्बर- १ का १० ओटा बिद्यालय र मेलौली नगरपालिका वडा नम्बर २ गरि ११ ओटा बिद्यालय मा बुक कर्नर वितरण गरेको सस्थाका सचिव दशरथ सिह नायकले बताए ।
शिक्षा  स्वास्थ्य वन वातावरण तथा अन्य विभिन्न क्षेत्रमा काम गर्ने उदेश्य राखी दर्ता गरिएको सपोर्ट सोसाइटी नेपालले २०७७ साल देखि हाल सम्म निरन्तर रूपमा एम्बुलेन्स सेवा संचालन गर्दै आएको र उक्त कार्यक्रम मा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभावक  संघका अध्यक्षहरु प्रधानाध्यापकहरु को उपस्थित रहेको थियो ।
आथिर्क बर्ष २०८१/०८२ मा मेलौली नगरपालिकाको र सस्थाको साझेदारी मा बुक कर्नर वितरण भएको अध्यक्ष नेगीले बताए । साथै मेलौली नगरपलिका वडा नम्बर १ मा शैक्षिक गुणस्तर सुधार अन्तर्गत प्राप्त सहयोग बाट आधारभुत तह कक्षा ८ र कक्षा १० का बिद्यार्थीका लागी अंग्रेज़ी,विज्ञान ,गणित , शिक्षकहरु बाट ६० घण्टे अतिरिक्त कक्षा समेत संचालक गरेको थियो ।