आज आयोजित सपोर्ट सोसाइटी नेपालको शैक्षिक वातावरण
निर्माण अभिमुखिकरण कार्यक्रममा गाउघरमा बालमैत्री शैक्षिक वातावरणको बाधक बनी
रहेको रक्सी बेचबिखन तथा सेवन कार्यलाई बन्द गर्ने कार्यमा सहयोग पुरयाउन बिगत तीन
बर्ष देखि नेपाल सरकारको इजाजत प्राप्त गरि मदिराको व्यापार गर्ने ठुला व्यापारी श्री
शरद सिंह ज्युले आफ्नो नाममा रहेको मदिरा बेचबिखन गर्न नेपाल सरकारले दिएको इजाजत
पत्र मेलौली नगरपालिका वडा न १ का अध्यक्ष श्री शुरत सिंह नेगि ज्यु मार्फत अब उप्रान्त मदिरा बेचबिखन नगर्ने तथा अविभावक हरुले पनि मदिरा सेवन गरि गाउघरमा होहल्ला र परिवारमा झैझगडा
नगर्न तथा बालबालिका हरुको पढाइमा बाधा नपुरयाउन र मदिरा सेवन गर्नु भन्दा छोराछोरी हरुको पढाइमा लगानी गर्न आग्रह गर्दै उक्त इजाजत पत्र नेपाल सरकार लाई नै फिर्ता गर्नु भएको छ। श्री शरद
सिंह ज्युले गर्नु भएको यस महान उदाहरणिय कार्यको उच्च सम्मान गर्दै वहालाइ सपोर्ट
सोसाइटी नेपालले हर्दिक सम्मान गरेको छ।