हामी स्वदेश तथा बिदेशमा बस्ने २०७ जना दाजुभाई तथा दिदीबहिनीहरु मिलेर सस्तो र भरपर्दो स्वास्थकर्मी सहितको एम्बुलेन्स सेवा पदान गर्नको लागी एउटा एम्बुलेन्स खरद गरेर संचालनमा ल्याएका छौ l एम्बुलेन्स सेवा चौबिसै घण्टा उपलब्ध हुने छ l एम्बुलेन्स खरद गर्नको लागी मिति २०७८ जेठ देखि एम्बुलेन्स खरिद गरुन्जेल सम्म जम्मा रु. १४,५६,८९३.६० रकम चन्दा मार्फत संकलन भएको थियो जसमध्ये रु. १३,१४,००२.७४ एम्बुलेन्स खरिद गरि याँहा ( मेलौली) सम्म पुरयाउनमा खर्च भएको थियो l बाँकी रकम रु . १४२८९०.८६ बैंक ब्यालेन्स छ जुन आगामी दिनमा एम्बुलेन्स मर्मत सम्भारमा खर्च हुने छ l एम्बुलेन्स खरिदमा लागेको सम्पूर्ण खर्च बिवरण थाहा पाउन तल दिइएको लिंकमा क्लिक गर्नु हुनु अनुरोध छ l तत्कालिन बजारमा हामीले किनेको एम्बुलेन्सको मूल्य रु. 38-42 लाख थियो जसमध्ये हामीले नेपाल सरकार राजस्व बिभाग लाई बुझाउनु पर्ने पूर्ण कर छुट पाएका थियौ l करछुट गराउनमा सहयोग पुरयाउनु हुने साथीहरु तथा नेपाल सरकार राजस्व बिभाग र एम्बुलेन्स खरिदमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी हरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ l हजुर हरुले पुरयाउनु भएको अमुल्य योगदानको सम्मान स्वरूप कदर पत्र प्रदान गरेका छौ l कृपया तलको लिंकमा क्लिक गरेर आफ्नो कदर पत्र ग्रहण गरिदिनु हुनु हार्दिक अनुरोध गर्दछौ l भौतिक उपस्थितिमै कदरपत्र प्रदान गर्ने रहर हुदाहुदै पनि हाम्रा धेरै जसो दाजुभाई तथा दिदीबहिनीहरु बिभिन्न कामबिशेष (जागिर /रोजीरोटी ) को लागी घरबाहिर देशविदेशमा रहनु भएकोले भौतिक उपस्थितिमा उक्त कार्यक्रम गर्न नसक्दा हामी क्षमाप्रार्थी छौ l आगामी दिनमा स्थानीय सरकार वा नेपाल सरकार वा अन्य कुनै निकायले एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी र एम्बुलेन्स मर्मत सम्भारको लागी थोरै रकम छुट्टयाई दिए हामी सबैको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने थियौ l कदरपत्र फोटोको लागि याँहा क्लिक गर्ने https://drive.google.com/…/1qfPaDp0XNqTQ8og48EyR9AsrGB… कदरपत्र कदरपत्र PDFको लागि याँहा क्लिक गर्ने https://drive.google.com/…/1EeVxiAGAAMITOH7FhXTXCFP6HZK… एम्बुलेन्स खरिदमा लागेको सम्पूर्ण खर्च बिवरण थाहा पाउन याँहा क्लिक गर्ने https://drive.google.com/…/1AHvPkGpPXVjDFfHkM1p…/view… एम्बुलेन्स खरिद गर्न सहयोग पुरयाउन हुने महान चन्दादाताहरुको नामावली थाहा पाउन याँहा क्लिक गर्ने https://drive.google.com/…/1yPmNWiI3zjndygm…/view… भुलबस कसैको कदरपत्र वा नाम छुट्न गएमा inbox मा मेसेज गरि जानकारी गराइदिनहुन हार्दिक अनुरोध गर्दछौ l कृपया यो पोस्ट सेयर गरेर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी हरु समक्ष पुरयाई सहयोग गरिदिनहुन अनुरोध गर्दछौ !यो एम्बुलेन्स सेवा कुनै राजनीतिक पार्टी, भूगोल/गाउँ टोल, जाती वा सम्प्रदायको नभई एम्बुलेन्स सेवा आवश्यक परेका सम्पूर्ण व्यक्ति हरुको लागी भएकोले जुनसुकै बेला स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा आवश्यक भएमा/परेमा जोसुकैले पनि चालकको मोवाइ नं 9841037101 वा स्वास्थ्यकर्मीको मोवाइ नं. 9842893954 मा सम्पर्क गरि चौबिसै घण्टा एम्बुलेन्स सेवा लिनसक्नु हुनेछ l एम्बुलेन्स सेवा प्रति कुनै उजुरी वा गुनासो भए सोझै 9843877178 मा सम्पर्क गर्नु हुन अनुरोध छ l एम्बुलेन्स खरिद मा सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरु प्रति पुन: हार्दिक आभार व्यक्त गर्दछौ l धन्यवाद !जनक सिंह नेगी अध्यक्ष सपोर्ट सोसाइटी नेपाल