मिशन एम्बुलेन्स खरिद २०७८ जेठ भित्र अपडेट

Share this Story
कृपया पढेर सेयर गरिदुनु होला
आदरणीय सहयोगी दाजुभाई तथा दिदीबहिनीहरु,
सर्बप्रथम मिशन एम्बुलेन्स खरिद २०७८ जेठ भित्रको लागि हजुर हरुले गरि रहनु भएको अमुल्य आर्थिक सहयोगको लागी सपोर्ट सोसाइटी नेपालको तर्फवाट हार्दिक आभार व्यक्त गर्दछौ l अस्ति सम्म ( हिजो र आजको अपलोड upload गर्न बाकि छ) हजुरहरुले गर्नु भएको अमुल्य आर्थिक सहयोगलाइ हामीले सपोर्ट सोसाइटी नेपालको सोसल साइट ( Facebook) मा अपलोड गरेका छौ जुन हजुर हरुले यस मेसेजको अन्त्यमा दिइएको लिंक( Link) मा क्लिक (Click) गरेर हेर्न सक्नु हुने छ l
हजुर,
आजसम्म हजुर हरुले रु १० लाख जति रकम संकलन गरिसक्नु भएको छ र दुइ लाख जति हाम्रो संस्थाको आन्तरिक कोषमा जम्मा छ l यसकारण हामि संग अहिले जम्मा जम्मी रु १२ लाख जति रकम छ l हामीले सोचे जस्तो र भने जस्तो एम्बुलेन्स ल्याउन अझै हामीलाई रु ८००००० (आठ लाख) जति आवश्यक छ l हजुर, व्यक्तिगत रुपमा कसैलाई आर्थिक सहयोगको लागि भन्दा अप्ठ्यारो महसुस हुन्छ, किनभने हरेक मानिसका आ-आफ्नै समस्याहरु हुनसक्छन जुन हामीलाई थाहा नहुन सक्छ, जस्तै कोहि ऋण निकाल्दै एउटा सुनौलो सपना बोकेर विदेश गएका हुन्छन भने कसैको जागिर वा ब्यापार व्यावसाय भएरै पनि विभिन्न परिस्थितिले ऋण निकालेर आफ्नो घरव्यावहार चलाई रहेका हुन सक्छन l वहाहरुलाई वा अन्य कसैलाई पनि आर्थिक सहयोगको लागी भन्दा अप्ठेरोमा पर्नेपो हुनकी भनेर हामीले कसैलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर भन्ने गरेका छैनौ l तर कतिपय दाजुभाई तथा दिदीबहिनीहरुले आफु जतिसुकै अप्ठ्यारो आर्थिक परिस्थितिमा भएपनि सबैको भलाइ हुने काम हो, पैसा त भोलि आउछ जान्छ कमाउन सकिन्छ भन्ने सोचेर आफ्नो अत्यावश्यक खर्च वाट कटाएर पनि हामीलाई सहयोग गर्नु भएको छ l
यसकारण व्यक्तिगत सम्पर्क गरेर सहयोग माग्नु भन्दा पनि सार्वजनिक सूचनालाई आधार मानेर हामीले आर्थिक सहयोग संकलन अभियान थालेका छौ l सहयोगी मन भएका धेरै दाजुभाई तथा दिदीबहिनीहरु नेपाल लगायत विश्वका धेरै ठाउमा छरिएर रहेका छन् l धेरैले सुचना पाएका छैनन् भन्ने जानकारी हामीकहा आएको छ l यसकारण यो मेसेजलाई सक्दो सेयर गरेर सबै दाजुभाई तथा दिद्बहिनीहरु सम्म पुरयाई दिद्न्हुन हार्दिक अनुरोध गर्दछौ l जेठभित्र आर्थिक संकलन गर्ने भएकोले अषाढ १/२ गतेतिर हजुरहरुले गरेको सम्पूर्ण आर्थिक सहयोगको बैंक स्टेटमेन्ट पनि हामि यसै सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने छौ l
अपुग रकम रु ८००००० ( आठ लाख ) को सहयोग जुटाउनको लागि यहाहरु सबैलाई हार्दिक अनुरोध गर्दछौ l
NCC Bank
Branch Melauli, Baitadi, Nepal
Account Name: Support Society Nepal
Current A/C No. : 1490000006701
हजुरहरुले बैंकमा जम्मा गरेको आर्थिक सहयोगको अभिलेख राखिने भएकोले हजुरहरुले गरेको आर्थिक सहयोगको बैंक भौचर यस सहयोगी समाज नाम गरेको फेसबुक मेसंजर ( Facebook messenger ) मा फोटो खिचेर वा scanning गरेर पठाइदिनु अनुरोध गर्दछौ .
हजुरहरुले आफुसक्दो गरेको सहयोगले समस्यामा परेका महानुभाबहरुको घाउमा मलमपट्टी लगाउन हामि सफल हुने छौ
कृपया यो मेसेजलाई जतिसक्दो सेयर गरिदिहुन अनुरोध गर्दछौ l
अस्ति सम्म हजुरहरुले गर्नु भएको आर्थिक सहयोगको अपडेट थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ l
आऔ एक अर्कोलाई सहयोग गरौ र संगसंगै अगाडी बढौ
सपोर्ट सोसाइटी नेपाल
धन्यवाद
Support Society Nepal
Email: general.enquiry@supportsocietynepal.org.np